धुन्धुकारी !

308
Shares

– हरिभक्त सिग्देल ‘महेश’

सुन्दर
शान्त
समृद्ध परिवार
तेस्रो सन्तान
सुपुत्र
सबै खुसी
मूल हो कि
शूल हो
ऊ जन्मेपछि
बाले देशै छोडेर भागे
मालिक उही बन्यो
भाग्यमानी
खेतबारी
घरपालुवा
जङ्गली जनावर
पालेपहरा
हरुवाचरुवा
सबै उसैको तैनाथी
ढुङ्गामुढा
रुखबिरुवा बेच्थ्यो
आँखा छलेर
दाजुभाइको
दुर्घटना घरभित्रै पल्टियो
थच्चियो
मच्चियो
सबै सखाप दाजुभाइ
दिदीबैनी पनि
भाग्य ऊ डुङ्गामा
गाडी दुर्घटना
अपुताली
तर के काम भेट्टायो
एउटा राक्षस
देवता भन्दै
पूजा गर्ने
आशीष सत्यानाश
तर धुन्धुकारी हो
के/के
र कस/कसलाई दुःख
दण्ड दिने हो
थाहा छैन
विवेकशून्य
पागल
धुन्धुकारी
सबै कुरा उल्टोमात्र देख्छ
उल्टै हिँड्छ
शायद ऊ
मर्दैन कि
किनकि ऊ
धुन्धुकारी हो ।