तीनकुनेमा ज्यान गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय

1.1k
Shares

काठमाडौं, २० चैत्र । गृह मन्त्रालयले चैत १५ गते काठमाडौंको तीनकुनेमा ज्याउन गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई १०–१० लाख सहयोग दिने घोषणा भएको जनाइएको छ ।

निधन भएका दुवै युवाको परिवारले उनीहरुलाई शहिद घोषणा गर्न माग गरेका थिए । दुईमध्ये सविन महर्जनको हिजो नै अत्त्येष्टि गरिएको छ ।