कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा

490
Shares

काठमाडौं, २० चैत्र । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सोही पदबाट हटाइएका कुलमान घिसिङको रिट हेर्दाहेर्दैमा राखेको छ ।

न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले दुवैका रिटमाथि सुनुवाइ गरेको थियो । तर, आज सुनुवाई नसकिएपछि दुवै जनाको रिट हेर्दाहेर्दैमा राखेको हो । अर्को सुनुवाई भोलि हुनेछ ।