काठमाडौं, २१ चैत । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराजा काफ्लेले प्रदेश सरकारले उत्पादन र राजश्व बृद्धिको पक्षमा ध्यान दिएर काम गरिरहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले जनअपेक्षाअनुरुप काम गर्न नसके पनि विगतको भन्दा धेरै काम गरिरहेको बताए । उनले विगतको उत्पादनको चुनौति रहेको अवस्थामा अहिले उत्पादनमा बृद्धि भइसकेको र अब त्यसलाई व्यवस्थापन गर्नु आफूहरुको चुनौति रहेको उनले बताए । आगामी बजेटमार्फत त्यस समस्याको समाधान खोजिने उनले बताए ।
‘हिजोका दिनमा हामी निर्माणको काममा, सडक, बाटो, पुलको कुरालाई प्राथामिकता दिन्थ्यौं । शिक्षा र स्वाथ्यको कुरामा मात्रै प्राथमिकता दिन्थ्यौं । आज हामी उत्पादनको कुरामा, अब बागमती प्रदेश सरकार उत्पादनको कुरामा, उत्पादनसँगसँगै सरकारको राजश्व बृद्धिको कुरामा हामीले ध्यान दिएका छौं । विगतको भन्दा त सुधारिएको छ । तर, जनअपेक्षा पूरा भएको छैन,’– उनले भने ।
बागमती प्रदेश सरकार अब हरेक क्षेत्रमा गुणस्तरको एजेण्डा लिएर अगाडि बढ्ने उनले बताए ।
प्रतिक्रिया