श्रीलंकाका प्रधानमन्त्री डा. अमरासुरियासँग प्रधानमन्त्री ओलीको भेटवार्ता

168
Shares

बैङकक, २१ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता गर्ने तय भएको छ । आजमात्रै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले श्रीलंकाका विदेशमन्त्रीसँग भेट गरेकी थिईन् । बिमस्टेक सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही चैत्र २३ गते काठमाडौं आईपुग्नेछ ।