मेयर बालेन शाहलाई उपमेयर सुनिता डंगोलको चेतावनी : कोठाभित्र बसेर निर्देशन नदिनुहोस

1.9k
Shares

काठमाडौं, २१ चैत्र । काठमाडौं महानगरमा आज लफडा भएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईंको हाजिरको विषयले लिएर मेयर र उपमेयरबीच नै कित्ता क्लियर भएको छ । मेयर बालेन्द्र शाहले गुरागाईंलाई कारबाही चाहेका थिए ।

तर, सरकारले उनै गुरागाईंलाई महानगरमा हाजिर गर्न पठायो। जसमा उनलाई सुरुमा कार्यालय प्रवेशमा अवरोध भयो । ठूलो मात्रामा नगर प्रहरी खटिएका थिए । उपमेयर सुनिता डंगोल गुरागाईंको स्वागतमा कार्यालय पुगिन् ।

उनले मेयर शाहलाई पनि कोठाभित्र बसेर निर्देशन नदिन र बाहिर आउन चूनौति पेश गरिन् । उपमेयर डंगोलसहितको बैठक बसेको छ । जसमा अधिकांश वडाअध्यक्षहरुले साथ दिएका छन् ।

मेयर शाहको सचिवालयले भने चैत्र १५ गतेको तिनकुने घट्नाको विषयान्तरको लागि सरकारले यस्तो कदम चालेको भन्दै गम्भीर असन्तुष्टि पोखेको छ । मेयर शाहले अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गर्ने जनाईएको छ । file photo