कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, कस्तो आउला आदेश ?

952
Shares

काठमाडौं, २१ चैत । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्य र सोही पदबाट हटाइएका कुलमान घिसिङको मुद्दामा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा उक्त मुद्दाको सुनवाइ सकिएको हो ।

गत मंगरबारदेखि न्यायाधीशद्वय डा चुडाल र पाण्डेयको इजलासमा सो मुद्दा निरन्त सुनुवाइ भएर आज तेस्रो दिन सकिएको हो । आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएकाले पुनर्स्थापनाको लागि माग गर्दै घिसिङ सर्वोच्च गएका हुन् । नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने आफ्नो पूरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै निवेदन दिएका थिए । दुवै रिट लगाउमा राखेर हेरिएको छ । आदेश आजै आउने बताइएको छ ।