काठमाडौं, २१ चैत । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापितको मागसहित कुलमान घिसिङले दयार गरेको रिट निवेदनमा सर्वोच्च अदालले अन्तरिम आदेश अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.कुमार चुडाल, नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा गत मंगलबारदेखि उक्त रिटमाथि सुनवाइ भएको थियो । सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गर्दै उक्त रिटलाई अग्राधिकार दिएको छ ।
गत चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरेको थियो । आफूलाई गैरकानुनी रुपमा पदबाट हटाइएको दाबीसहित घिसिङ अदालतका गएका थिए ।
प्रतिक्रिया