बीआरआई देश डुवाउने काम हो, यसमा हामी शर्तक छौंः लोसपा नेता शुक्ला (भिडिओसहित)

336
Shares

काठमाडौं, २२ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिन नसकिने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गदैै उनले बीआरआई परियोजना ऋणमा लिन देश डुबाउनु रहेको बताए । उनले बीआरआई परियोजनाबाट आफूहरु शर्तक रहेको पनि बताए । बीआरआईको लोन नेपालले कुनै पनि हालतमा थेग्न नसक्ने उनको दाबी छ ।

‘बीआरआईमा हामी शर्तक छौं । देश डुबाउने काम हो विआरआई । देश डुवाउने काम गर्नुहुन्न । बीआरआई व्याज फ्रि आउँछ, लोन होईन, अनुदानमा आउँछ भने हामी बीआरआईको बारेमा सोच्छौं । लोनमा बीआरआई लिएर अहिलेसम्म सबै डुबेका छन् । चाइना बीआरआई लोनमा मात्रै दिन चाहन्छ र नेपालले लोनमा लिएर त्यसलाई थेग्न सक्ने अवस्था नै छैन,’– उनले भने ।

यसपटकको चीन भ्रमणको क्रममा बीआरआई सम्झौतामा कुनै उल्लेखनीय प्रगति नभएको उनको दाबी छ । पुराना कुराहरु फेरि दोहोर्याएर फर्किएको उनले टिप्पणी गरे । बीआरआई परियोजनाको सन्दर्भमा अहिले ऋण वा अनुदानको सन्दर्भमा कुनै किसिमको सम्झौता नभइसकेको उनको दाबी छ । ‘बीआरआई गर्न जाँदा म पनि गएको थिएँ । यसपाली बीआरआईमा केही पनि भएको छैन । पुराना कुराहरु फेरि लेखेर आएका छन् । त्यत्ति कुरा हो । नयाँ कुरा केही पनि भएको छैन । विगतमा गरिएका त्यो कांग्रेसका परराष्ट्रमन्त्रीजी र राष्ट्रपतिजीले गएर इनिसियल गर्नुभएको छ । कुनै किसिमको सम्झौता भएको छैन,’– उनले ने ।

नेपाल र भारतको बीचमा आपसी विश्वासको सङ्कट देखापरेको उनले बताए । नेपाल–भारतबीच ‘हामी एकअर्काको हितमा छौं र काम गर्छौं’ भन्ने कुरा आजको अवाश्यकता रहेको उनले बताए । बीआरआईले नेपाल बिग्रिन सक्छ भन्ने भारतको चिन्ता नरहेर उसलाई आफ्नो सुरक्षामा असर पर्छ कि भन्ने चिन्ता रहेको उनले बताए ।