काठमाडौं, २२ चैत्र । संसद्मा भएका साना मधेशवादी दलहरु एकताको प्रक्रियामा अघि बढेका छन् । राजनीतिक मुद्दा र विचारको आधारमा निकै फरक कित्तामा उभिएका मधेशवादी दलहरु यो पछिल्लो साता अस्वभाविक रूपमा नजिकिएका छन् । हिजोमात्रै ७ दलीय नयाँ मोर्चा खडा भएको छ ।
जसमा उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत, हृदयेश त्रिपाठी, वृषेशचन्द्रलालहरु एउटै मोर्चामा उभिएका छन् । यो बीचमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीबीच एकताको गृहकार्य भैरहेको बैशाख नलाग्दै एकता गरिने बताईएको छ ।
सिके राउत अशोक राई नेतृत्वको जसपासँग एकताको लागि नै गृहकार्यमा छन् । अहिले संसद्मा रवि लामिछानेले नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठूलो दल हो । २१ सांसदसहित यो दल चौथो ठूलोको हैसियतमा रहकै कारण सत्तामा दुई पटक यात्रा गरिसकेको छ । सभापति रवि लामिछाने नै दुई दुई पटक उपप्रधान एवम् गृहमन्त्री बने । तर, कांग्रेस र एमालेको सहकार्यलगत्तै रास्वपाको सत्ताबाट बहिगर्मन भयो ।
अहिले साना मधेशवादी दलहरुबीच एकता गराएर संसद्को चौथो ठूलो दल बनाउनेगरि नेताहरु गृहकार्यमा लागेको बताईन्छ । एकताले सार्थकता पाउनेगरि पहल थालिएको यसमा संलग्न नेताहरुको दाबी छ । अशोक राई नेतृत्वको जसपा, सिके राउत नेतृत्वको जनमत, रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा, महन्थ ठाकुर नेतृत्वको लोसपा र स्वतन्त्र सांसद योगेन्द्र मण्डलबीच एकता गराएर संसद्को चौथो ठूलो दल बनाउने गृहकार्य भएको छ ।
यी चार पार्टी र मण्डल मिलेर नयाँ पार्टी बन्दा २२ जना सांसद पुग्छन् । यही दल नै चौथो ठूलो दल बन्नेछ । यस्तो अवस्थामा रविले नेतृत्व गरेको रास्वपा पाँचौ ठूलो दलमा गनिनेछ । file photo
प्रतिक्रिया