काठमाडौं, २२ चैत । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारीका निर्देशक कुलमान घिसिङले देशको हित र समृद्धिका लागि आफू कुनै पनि जिम्मेवारी लिन तयार रहेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अब आफू कर्मचारी नरहेको र जिम्मेवार नागरिकको रुपमा देशको हित र समृद्धिका लागि काम गर्ने बताए ।
‘राजानीतिमा आउन लागेको हो ?’ भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘म एउटा जिम्मेवार नागरिक, अब तयाईँहरुजस्तै नागरिक भएँ, म कर्मचारी रहिनँ अब । एक जिम्मेवार नागरिक भएर, मैले मेरो वक्तव्यमा पनि लेखिसकेको छु– म सदैव देशको हितको लागि, देशको समृद्धिको लागि म कुनै पनि जिम्मेवारी लिन तयार छु भनेर मैले अघिनै भनिसकेँ,’– उनले भने । File Photo/RN
प्रतिक्रिया