तीनकुनेको प्रदर्शन आपराधिक घटना हो, सरकारले बिर्सेर पनि न्यायिक आयोग गठन गर्न हुँदैनः एमाले नेता पन्त

2.3k
Shares

काठमाडौं, २२ चैत । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले गत चैत १५ गते तीनकुनेका भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनलाई लिएर न्यायिक आयोग गठन गर्न नसकिने बताएका छन् । आज (शुक्रबार) प्रतिनिसभाअन्गर्तको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण आन्दोलन र कार्यक्रममा प्रहरीको हस्तक्षे र दमन भएको खण्डमा मात्रै न्यायिक आयोग गठन गर्न सकिने उनले बताए ।

तीनकुनेको प्रदर्शन आपराधिक घटना भएकाले सरकारले बिर्सेर पनि न्यायिक आयोग गठन गर्न नहुने उनले बताए । यस्ता प्रकारका घटनामा न्यायिक आयोग गठन हुँदा प्रशासन र सुरक्षा संयन्त्रलाई कमजोर बनाउनले उनको भनाइ छ ।

‘शान्तिपूर्ण कार्यक्रमहरुमा प्रहरी हस्तक्षेप हुन्छ, प्रशासनले नचाहिने दमन गर्छ भने त्यस्तो अवस्थामा न्यायिक आयोग गठन गर्नुपर्छ । शान्तिपूर्ण राजनीतिक आन्दोलनहरुमा दमन हुन्छ भने न्यायिक आयोग गठन गर्नुपर्छ । तर, हामी सबै त्यो एउटा आपराधिक घटना थियो भन्ने निष्कार्षमा पुगेका छौं भने सरकारले बिर्सेर पनि त्यस्ता घटनाहरुमा न्यायिक आयोग गठन गरिराख्न हुँदैन,’– उनले भने । File Photo/RN