काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति झापा क्षेत्र नं ४ प्रदेशसभा (१) को कार्यालय भवनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले गणतन्त्रको विरुद्ध भइरहेका अवाञ्छित गतिविधि देश र जनताको पक्षमा उपयुक्त नहुने बताएका हुन् ।
राजसंस्थाले आधाभन्दा धेरै जनसङ्ख्या भएका महिलालाई राजा हुनबाट वञ्चित गराएको उल्लेख गर्दै उनले अब एकल जाति, लिङ्गीलाई फेरि पनि देशको शासन व्यवस्थामा ल्याउने कुरा केवल गफ गर्ने मेलोमात्र हुने बताए ।
गणतन्त्रको संस्थागत विकासमा कैयौँ चुनौती देखिएपनि त्यसलाई अवसरसँगै चुनौतीका रूपमा काम गर्नतर्फ लाग्नुपर्ने महामन्त्री शर्माको जोड छ । उनले कांग्रेस प्रदेशसभा (१) को नवनिर्मित कार्यालयसहित बिपी भवन निर्माणमा सहयोग गर्ने दाता तथा जग्गादातालाई सम्मान गरे ।
प्रतिक्रिया