म माथि ठूलो अन्याय भएको छ, आजै गिरफ्तारी दिँदैछु : रवि लामिछाने

728
Shares

काठमाडौं, २२ चैत्र । रास्वपाका सभापति रवि लामिछानेले आजै गिरफ्तारी दिने भएका छन् । सभापति लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले आज थुनामा पठाउन आदेश दिएको थियो ।

उक्त आदेशपछि लामिछानेले आफू अहिले नै गिरफ्तारी दिन लागेको जानकारी गराएका हुन् । यो समाचार तयार पार्दासम्म लामिछाने बुढानिलकण्ठस्थित् आफ्नो निवासबाट पक्राउ परिसकका छन् ।

लामिछानेले फेशबुकमा लेखेका छन्-

सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।