काठमाडौंबाटै पक्राउ परे रवि लामिछाने

826
Shares

काठमाडौं, २२ चैत्र । रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । पक्राउ पर्नुअघि उनले आफूले नै गिरफ्तारी दिने बताएका थिए । उनले फेशबुकमा स्टाटस लेखेकै समयमा उनी आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

उनलाई केहीबेर अघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जका प्रहरीको टोलीले हात्तीगौंडास्थित निवासबाटै पक्राउ गरेको हो । लामिछानेलाई भोलि विहान जहाजमार्फत भैरहवा लगिने प्रहरीले जनाएको छ ।

आजमात्रै उनलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएको हो । सो आदेशपछि लामिछानेले आफूले सम्मानित अदालतको आदेशको सम्मान गर्ने भनेका थिए । लामिछानेले फेशबुकमा लेखेका छन्-

सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।