ओली–मोदीबीचको ‘वान टू वान’ वार्ता खतरनाक पनि हुनसक्छः कांग्रेस नेतृ कोइराला (भिडिओसहित)

5.4k
Shares

काठमाडौं, २३ चैत । नेपाली कांग्रेसकी नेतृ एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालको नेताहरु आफ्नो देशको इन्ट्रेस्टमा अडिन नसकेको कारण कूटनीतिमा समस्या देखा परेको बताएकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले नेपालका नेताहरुले आफ्नो देशको इन्ट्रेस्टमा काम गर्न नसक्दाकै परिणाम अहिले कुनै देशसँग पनि कूटनीतिक सम्बन्ध राम्रो नरहेको बताएकी हुन् । नेपालले आफ्नो कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय छवि सुधार गर्दै जानुपर्ने बताईन् । अन्तर्राष्ट्रिय छवि बिग्रिएकै कारण नेपालका पर्यटकहरु आउन छाडेको नेतृ कोइरालाले बताईन् ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनपछि ‘वान टू वान’ वार्ता भएको थियो । नेतृ कोइरालाले. उक्त वार्तामा प्रधानमन्त्री ओलीले आफ्नो देशको स्ट्याण्ड राखेर काम संवाद गरेको हुनुपर्ने बताईन् । नेतृ कोइरालाले यस्तो प्रकारको ‘वान टू वान’ वार्ता कहिलेकाहीँ खतरनाक पनि हुनुसक्ने बताईन् ।

‘कसैलाई नराखेर गरेको वार्ता खतरनाक पनि हुनसक्छ, त्यो नेपालको हितमा नहुन पनि सक्छ । त्यसले गर्दाखेरी त्यस्तो कच्चा प्रधानमन्त्री हुनुहुन्छ जस्तो मलाई लाग्दैन । उहाँले आफ्नो स्ट्याण्ड राखेर नेपालको इन्ट्रेस्टलाई माथि राखेर अनि उहाँसित संवाद गर्नुभयो जस्तो मलाई लाग्छ । नेपाललाई हित नहुने कामहरु गर्नुभएको छ भने त्यो राम्रो हुँदैन,’– उनले भनिन् ।