काठमाडौँ, २३ चैत । नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतदान सकिएको छ । आज विहान (शनिबार) ८ बजेदेखि सुरु भएको मतदान अपराहन्न ४ बजे सकिएको हो ।
बार एशोसिएशनमा व्यवसायिक कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा रहेको आँकलन गरिएको छ । व्यवसायिक कानुन व्यवसायी समूहबाट अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ रहेको छन् ।
त्यसैगरी बृहत लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र अध्यक्ष पदको उम्मेदवार रहेका छन् । सर्वोच्च अदालत र नेपाल बार केन्द्रमा ४ हजार ६ सय ४५ मत खसेको बताइएको छ ।
प्रतिक्रिया