काठमाडौं, २४ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दुर्गा प्रसाईंलाई हावा मान्छेको संज्ञा दिएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रसाईंबारे यस्तो बताएका हुन् । उनले नेवा समूदायले जहिल्यैपनि परिवर्तनको पक्षमा आफूलाई उभ्याएको भन्दै प्रशंसा गरे ।
‘तीनकुनेमा राजावादी भन्नेहरूले नेवार कन्याहरूलाई अगाडि राखेर बडो नेवार समुदाय हामीसँग छ भन्ने देखाउन खोजे । तर एउटा दुर्गा प्रसाईं भन्ने छ नि, त्यो चाहिँ हावा–हावा छ मान्छे । त्यो हामीले बुझेकै कुरा हो । नेवा समुदायले साथ दिएन भन्दै हिँडेका छन् । यो कुरा पनि नेवार समुदायले बुझाइदिनुपर्छ । किनकी त्यसो भनेको पनि ठिकै हो । नेवारले साथ दिँदैनन्–गणतन्त्र विरोधीलाई, निरंकुशताको पक्षपातीलाई नेवार समूदायले साथ दिँदैनन् ।’
प्रतिक्रिया