काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् । सभापति देउवाले स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर परिवार र आफन्तसँग भेट गरेका हुन् । भेटका क्रममा सभापति देउवाले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने बताए ।
एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको गत चैत १५ गते राजावादी समूहले आगो लगाएको भवनमा रिर्पोटिङको क्रममा जलेर मृत्यु भएको थियो । राजावादी समूहको उक्त प्रदर्शन हिंसात्मक बन्दा पत्रकार रजकसहित अर्का एक जनाले ज्यान गुमाउनुपरेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास, हवाइ फायर हुँदै गोली नै चलाउनु परेको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।
प्रतिक्रिया