रवि लामिछाने रुपन्देही जिल्ला कारागार चलान


काठमाडौं, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामितछाने रुपन्देही जिल्ला कारागार चलान भएका छन् । उनलाई आज जिल्ला अदालतमा उपस्थित गराएर थुनुवा पुर्जी दिएर जिल्ला कारागार चलान गरिएको हो ।

लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट एक करोड धरौटीमा छुटेका थिए । तर, उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो ।

उच्च अदालतको आदेशसँग गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज जिल्ला अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा गरी कारागार चलान गरिएको हो ।