नाउपा र जनमतको एकतापछि पहिलो वरियतामा रेशम


काठमाडौं, २५ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुई दलबीच एकतापछि पदाधिकारी र वरियताबारे सहमति जुटिसकेको छ । एकता पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ र चुनाव चिह्न ‘ढकिया’ रहने गरी सहमति भएको छ ।

नागरिक जनमत पार्टीको संरक्षकसहित पहिलो वरियतामा रेशमलाल चौधरी रहने छन् । त्यस्तै, कार्यकारी अध्यक्षसहित दोस्रो बरियतामा डा.चन्द्रकान्त राउत रहने छन् । नाउपाकी वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको वरियता क्रमभने तेस्रोमा खुम्चिएको छ । रञ्जितालाई पनि अध्यक्षकै भूमिका दिइने र उनको वरियता भने तेस्रो रहने छ ।

पार्टी एकता प्रक्रियामा लगभग सहमति बनिसकेको र अब आगामी वैशाख १५ गतेभित्र औपचारिक रुपमा घोषणाको तयारी रहेको बताइएको छ ।