काठमाडौं, २५ चैत्र । नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले नेपाली जनता आँफैले बिदा गरेको राजसंस्था पूनःस्थापना गर्ने पक्षमा नभएको दाबी गरेका छन् । तर, राजावादीहरुको पछिल्लो गतिविधिबाट गणतन्त्र पक्षधरहरु सचेत हुनुपर्ने उनको भनाई छ । आज (सोमबार) विहान प्राइम टिभबिाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले गणतन्त्र पक्षधरहरु नडराएको स्पष्ट पारे ।
चैत्र १५ गतेको राजावादीहरुको तिनकुनेको कार्यक्रममा अराजकता र वितण्डता देखिएको उनको आरोप छ । उनले दुर्गा प्रसाईं अहिलेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकै बाई–प्रडक्ट भएको स्विकारे । उनले भने,‘त्यो त हो, त्यसमा हामीले होईन भन्यौं भने गलत हुन्छौं ।’ उनले प्रसाईंको नेचर नै उपयोग गर्ने खालको रहेको सुनाए ।
श्रेष्ठले प्रसाईं आफूलाई फाईदा हुने भयो भने जसलाई पनि प्रयोग गर्न पछि नपर्ने स्वभावको व्यक्ति भएको चित्रण गरे । उनले भने,‘हिजो प्रचण्डको पार्टीमा बसेर पनि उनले त्यही काम गरे, पछि ओलीको पार्टीमा गएर केन्द्रीय सदस्य नै भए । अहिले राजा बोकेर हिँडिरहेका छन् । उनले राजा चाहेकै होईन । ज्ञानेन्द्र शाहजस्तोलाई बेकुप बनाएर र भर्याङ् बनाएर आफ्नो स्वार्थ साधना गर्न खोजेको हो ।’
प्रतिक्रिया