काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पाएकी छन् । आज (सोमबार) अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डा.ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
हिजो (चैत २४ गते) देखि महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा छ । अर्थमन्त्री पौडेलेको संयोजकत्वमा गभर्नर सिफारिस समिति बनेको छ । तर, उक्त समितिले आजसम्म कसैलाई पनि सिफारिस गर्न सकेको छैन । उक्त समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने छ । समितिले सिफारिस गरेको ३ मध्येबाट एक जनालाई सरकारले गभर्नर नियुक्त गर्नेछ ।
प्रतिक्रिया