काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पठाए सबै कर्मचारीको खातामा तलब


काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाले सबै कर्मचारीको खातामा तलब पठाएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत ३ महिनादेखि रोकिएको तलब कर्मचारीहरुले आज पाएका हुन् । महानगरका केही जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई केही दिनअघि कार्यालयमा हाजिर गराएका थिए ।

काठमाडौं भ्यूटावरको नक्सापास प्रक्रियामा अनियमितता गरेको आरोप लागेका गुरागाईँलाई महानगरप्रमुख बालेन्द्र शाहले कार्यालय प्रवेशमा रोक नै लगाएका थिए । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ कार्यालयमा पुग्दा महानगर प्रहरीले उनलाई अवरोध गर्न खोजेको थियो ।