बार एशोसिएशनको निर्वाचनः अघिअघि रमण, पछ्याउँदै विजय


काठमाडौँ, २५ चैत । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । बारको नयाँ कार्यसमितिका लागि गत शनिबार मतदान भएको थियो ।

बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

अहिलेसम्म उच्च अदालत बिराटनगर बारको पहिलो ५० मत गणना सकिएको छ । पहिलो ५० मत गणनामा अध्यक्षका प्रतिस्पर्धी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले २५ मत प्राप्त गरेका छन् । बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रले २२ मत पाएका छन् ।