आज काठमाडौंका तीन ठाउँमा प्रदर्शन, यी रुटमा हुँदैछ सडक अवरुद्ध


काठमाडौं, चैत २६ । आज काठमाडौंका छुट्टाछुट्टै तीन स्थानमा तीन समूहको प्रदर्शन हुँदैछ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खु क्षेत्र, नयाँ विद्यालय शिक्षा ऐन जारीको माग गर्दै आएका शिक्षकहरुले माइतीघरदेखि बबरमहल सडकमा र सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गर्न लागेका हुन् ।

यसैबीच छुट्टाछुट्टै प्रदर्शनका कारण काठमाडौं उपत्यकाको आवागमन प्रभावित हुने अनुमान गरिएको छ। सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ। सोमबार एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको हो।

यी हुन् डाइभर्सन गरिने स्थानहरू

खसिबजार – मकालु – कलङ्की चोक– बाफल
बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।

कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू स्

टियू गेट देखी चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँ बसपार्क
सीतापाइला – बाफल सडक खण्डमा एक लाइन

नेपाल शिक्षक महासंघले माइतीघर मण्डलादेखि बानेश्वर(माइतीघर सडक खण्डको बीचमा र सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा आवश्यकता अनुसार डाइभर्सन मिलाएको प्रहरीको भनाइ छ। आन्दोलन स्थलको सडक प्रयोग गर्दा वैकल्पिक मार्ग प्रयोग गर्नसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ।