मन्त्रिपरिषद्को १३ निर्णयः राजश्व रोयल्टी मिनाहा, बढुवादेखि वैदेशिक भ्रमण स्वीकृतिसम्म


काठमाडौं, २६ चैत । सरकारले मन्त्रिपरिषद्का विभिन्न १३ वटा निर्णय सार्वजनिक गरेको छ । आज (मंगलबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्ले आगामी चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, आगामी वैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत भएको छ ।

यस्तै, रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथयात्राको लागि ६६५.९७ क्यूफिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने र उक्त वन पैदावारको हुन आउने राजश्व रोयल्टी मिनाहा गर्ने निर्णय भएको छ ।

त्यस्तै, नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, एक जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने निर्णयसमेत भएको छ । सेनाका एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत पनि गरिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु