काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सटर नचल्ने बताएका छन् । आज (बिहिबार) नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब मान्छेहरु डिपार्टमेन्टल स्टोरतिर लाग्ने बताएका हुन् ।
‘अब डिपार्टमेन्टल स्टोरहरु बढी चल्छन्, सटरहरु चल्दैनन् । सटरमा गयो भने कतिवटा सटरमा घुम्ने एउटा चिज लिनका लागि ? फेरि भनेजस्ता छानीछानी लिन पनि नपाइने । त्यहाँ जस्तो छ, त्यस्तै लिनुपर्ने । डिपार्टमेन्टल स्टोरमा गयो भने छानीछानी अनेक प्रकारको चिजहरु लिन पाइने । एक ठाउँमा गएपछि सबै कुरा पाइने । मान्छे त्यतातिर लाग्छन्,’– उनले भने ।
साथै, प्रधानमन्त्री ओलीले अब एक्लै भन्दा पनि सामूहिकतामा काम गर्नुपर्ने बताए । File Photo/RN
प्रतिक्रिया