अब सरकारी निकायमा पुगेको फाइल एक साताभित्रै टुँगो लाग्छ : मन्त्री गुरुङ


काठमाडौं, २८ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जनताको सेवामा थप प्रभावकारी काम गर्न सरकार लागिपरेको बताएका छन् । हिजो (बुधबार) सिन्धुपाल्चोकमा आयोजित एमाले जुगल गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले अब कुनै पनि सरकारी निकायमा पुगेको ‘फाइल’ एक साताभित्र टुङ्गो लाग्ने गरी सुनिश्चित गर्न सरकारले आवश्यक प्रबन्ध मिलाएको बताए । एमालेका उपमहासचिवसमेत रहेका मन्त्री गुरुङले भन–‘सरकार नागरिकको सेवामा तत्पर छ । समृद्धिको यात्रामा निरन्तर अघि बढिरहेका छौँ । नागरिकको प्रतिव्यक्ति आय वृद्धि गर्न सरकार आवश्यक काम गर्छ ।’