काठमाडौं, २९ चैत । नेकपा (एमाले) ले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी वैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई शक्ति प्रदर्शनको रूपमा ऐतिहासिक बनाउने निर्णय गरेको हो ।
बैठकले उक्त शक्ति प्रदर्शनमा ४० वर्ष नकटेका १ लाख युवाहरूलाई सहभागी गराइने निर्णय गरेको छ ।

प्रतिक्रिया