लुम्बिनी, २९ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकतामा जोड दिएका छन् । लुम्बिनीले हरेक आन्दोलनको गौरवमय इतिहास राखेको भन्दै अहिलेपनि पार्टीभित्र एकता कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
आज (शुक्रबार) एमालेले लुम्बिनीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले अहिले एमाले र नेतृत्व केपी शर्मा ओलीविरुद्ध प्रतिक्रियावादीहरुले प्रहार गरिरहेको भन्दै त्यसको डटेर सामना गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
सो क्रममा उनले नयाँ भनिएका दलहरुसँग राजनीतिक विचार र दर्शन नभएको आरोप लगाए । उनले नेपाली जनता सँधैं राजनीतिक दलहरुको पक्षमा रहेको भन्दै राजावादीहरुको चरित्र पनि चैत्र १५ गते नै उदांगो भएको बताए ।
उनले राजावादीहरुको प्रदर्शनलाई केन्द्रित गरेर व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्वहरूले टाउको उठाएको भएपनि पहिलोपटक नै परास्त भएको दाबी गरे । उनले भने,‘दरबारियाहरू जहिल्यैपनि अराजकतामा रमाउने तत्व हुन् । यिनीहरुले कहिल्यैपनि जनतासँग काम गरेनन् । उनीहरुको चरित्र त तिनकुनेबाट देखिएको छ ।’ file photo




प्रतिक्रिया