प्रचण्डले यो सरकार ढालेर देउवा प्रधानमन्त्री बन्नुपर्छ भनिसके, ०८२ पनि राजनीतिक स्थायित्वको वर्ष हुनसक्दैनः राजनीतिक विश्लेषक केसी (भिडिओसहित)


काठमाडौं, ३१ चैत । राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीले २०८२ साललाई पनि राजनीतिक स्थायित्वको वर्षको रुपमा बुझ्न नसकिने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै वर्तमान सरकार ढालेर शेरबहादुृर देउवाको नेतृत्वमा गठन गरिनुपर्छ भनेर बोलिसकेको अवस्थामा २०८२ सालमा पनि राजनीतिक स्थायित्व हुन्छ भनेर बुझ्न नसकिने बताएका हुन् ।

‘प्रचण्डले नै यो सरकार ढालेर शेरबहादुर देउवा प्रधानमन्त्री हुनपर्छ भनिसके । नेताहरुको यो मनोवृत्तिले समस्याहरु उत्पन्न भएको हो । प्रचण्डजस्तो जिम्मेवार मान्छेले यो सरकार जानुपर्छ, शेरबहादुरजी प्रधानमन्त्री बन्नुपर्छ भनेका छन् । त्यो सोचमा परिवर्तन नआउँदासम्म हामीले केही गर्न सक्दैनौं,’– उनले भने ।

देशमा अहिले लगानीमैत्री, औद्योगिकमन्त्री वातावारण नरहेको श्रमिकहरु पनि सन्तुष्ट नरहेको विश्लेषक केसीले बताए । File Photo/RN