काठमाडौं, ३१ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धेरै अगाडि जान सहज नरहेको बताएका छन् । आज (आइतबार) चितवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूहरुको ध्यान सरकारतिर नरहेपनि परिस्थिति बने जटिल बन्दै गएको बताएका हुन् ।
‘सरकारतिर हाम्रो ध्यान छैन् । तर, परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ,’– उनले भने ।
अध्यक्ष प्रचण्डले आफूले पहिलादेखि नै ठूलो दलको हैसियतमा कांग्रेसको सरकार बन्नुपर्छ भन्दै आएको बताए । वर्तमान सरकारविरुद्ध चौतर्फी असन्तुष्टि, आक्रोश, आवेग र आन्दोलन चलिराखेको अध्यक्ष प्रचण्डले बताए । उनले अहिले सरकारमा भएका दलहरु पनि सडक प्रदर्शनमा आउन थालिसकेको बताए । परिस्थिति निकै जटिल र पेचिलो बन्दै गएको बताउँदै प्रचण्डले नयाँ वर्षले केही न केही निकास लिएर आउने विश्वास व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले नेपालको वर्तमान राजनीतिमा कुनै पनि सम्भावना रहेको बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूहरु नेपाली कांग्रेसलाई साथ दिन तयार रहेको सार्वजनिक रुपमा बताउँदै आएका छन् । तर, ०८४ सम्म आफू प्रधानमन्त्री नबन्ने प्रचण्डले बताइसकेका छन् । File Photo/RN
यो पनि पढ्नुहोस्ः सत्ता-सहकार्यको लागि नयाँ वर्षमा ब्ल्यांक-चेक बोकेर बुढानीलकण्ठ जाने मुडमा प्रचण्ड
संविधान संशोधन गर्न जति ढिला हुन्छ, त्यति नै सडक आक्रोशित बन्दै जान्छः कांग्रेस नेता डा.कोइराला
सरकारविरुद्ध निरन्तर असन्तुष्टि ओकल्दै गगन, ताप्के नतातेर बिँडमात्रै तातेको टिप्पणी
प्रतिक्रिया