काठमाडौं, ३१ चैत्र । राप्रपाकी प्रभावशाली नेतृ खुश्बु ओलीले राजेन्द्र लिङ्देनमा नैतिकता, शालिनता र भद्रता भएकोले आफूलाई मनपर्ने नेता भएको बताएकी छिन् । उनले भने,‘उहाँलाई ठूलो स्वरले चिच्याउनुपर्दैन् । उहाँले भ्रष्टाचारको विरुद्धमा जुन किसिमले अडान लिनुभएको छ, त्यो कुराले प्रेरित भएर नै म यो पार्टीमा आएकी हुँ ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । महिला नेतृहरुमा तपाईंलाई को मनपर्छ आरजु देउवा कि रामकुमारी झाँक्री भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भनिन्–‘मलाई दुवै जना खासै मन पर्दैन् ।’
लगत्तै धमलाले रेखा थापा मनपर्छ ? भनेर अर्को प्रश्न गरे । त्यसमा पनि ओलीले मन नपर्ने जवाफ फर्काइन् । उनले भनिन्,‘उहाँपनि मैले मन पराउने नेताको पात्रमा हुनुहुन्न ।’ उनले आफूलाई अहिले रास्वपाबाट सोबिता गौतम मनपर्ने सुनाईन् । उनले आफूलाई राजसंस्थाप्रति अथाहा आस्था रहेको बताईन् । राजाहरुको शासनकालमा नेपाल भूराजनीतिक हिसाबले पनि राम्रो अवस्थामा रहेको कुरा आफूले पढेको उनले सुनाईन् ।
प्रतिक्रिया