काठमाडौं, ३१ चैत्र । आफूलाई कारागारमुक्त गर्न भनेर रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । सुनुवाई सकिएसँगै आजै आदेश आउनेछ । अहिले लामिछाने भैरहवा कारागारमा छन् ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलाशको आदेशले लामिछानेलाई थुनामा राखेको हो । उक्त आदेशको बदर माग गर्दै लामिछानेकी पत्नी निकिता पौडेलले गत शुक्रबारमात्रै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी हुन् । आज सो निवेदनउपर सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको हो ।
प्रतिक्रिया