काठमाडौं, ३१ चैत । काठमाडौंको काठमाडौं महानगरपालिका–३२ टाउन प्लानिङस्थित नेपाल तारा स्कुल नजिक सडक खण्डबाट ६० लाख लुटेर फरार भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । उनीहरुले गत चैत २७ गते बेलुकी ८ बजे रितेश लामाको ६० लाख नगद लुटेर भागेको प्रहरीले बताएको छ । बौद्द बस्ने लामाले उक्त नगद जग्गा बैनाको लागि लिएर आएको बताइएको छ । प्रहरीले पक्राउ परेकाहरुबाट ३० लाख १ हजार नगर, लुटपाटमा संलग्न भएको दुई थान स्कृटर र एक थान मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंका, राज पराजुली, रामेछाप खाँडादेवीका प्रभास केसी, राजेश भण्डारी, सार्की माझी, सोलुखुम्बु लिखु पिकेका कुशल बस्नेत, काभ्रेपलान्चोक रोशीका रन्जित लामा, काठकाडौंका सुयोज लामा, रामेछाप दोरम्बाका उत्तम मगर, राजु मगर, टिका बहादुर मगर, रमेश बहादुर मगर, लब बहादुर मगर, रुपक थापा मगर, सागर मगर, काभ्रेपलान्चोक नमोबुद्दका दावा लामा, काभ्रेपलान्चोक रोशिका बाबु तामाङ, काभ्रेपलान्चोक मण्डनदेउपुरका सुजन लामा र सिन्धुपाल्चोक बाह्रबिसेका रिबेल कुमार तामाङ रहेका छन् ।
प्रतिक्रिया