पावर टिलरले जोत्न सिक्दै बाबुराम


काठमाडौं, १ वैशाख । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैज्ञानिक भूमिसुधार र कृषिको तीव्र आधुनिकीकरणबाट मात्रै समृद्धि सम्भव रहेको बताएका छन् । मिनि पावर टिलरले जोत्दै गरेको भिडिओ सार्वजनिक गर्दै उनले ६० प्रतिशत घरपरिवार कृषिमा जोडिएको देशमा खेतियोग्य जमिन बाँझो बस्नु र पचासौं लाख श्रमशक्ति विदेश पलायन दुःखद् रहेको बताएका छन् । उनले

‘परम्परागत हलो-गोरू सट्टा मिनि पावर टिलरले जोत्न सिक्दै । अझै ६० प्रतिशत घरपरिवार कृषिमा जोडिएको देशमा १० लाख हेक्टर अर्थात ४० प्रतिशत खेतियोग्य जमिन बाँझो बस्नु, पचासौं लाख श्रमशक्ति विदेश पलायन हुनु, बर्षेनी चार खर्ब रूपियाँ बराबरको कृषिजन्य वस्तु आयात गर्नु बिडम्वनापूर्ण छ। वैज्ञानिक भूमिसुधार र कृषिको तीव्र आधुनिकीकरण विना समृद्धिको कुरा ‘सम्धीको गफ’ मात्र हुने व्यवहारबाट पुष्टी भैरहेछ। यसलाई बदल्न सबैले आआफ्नो ठाउँबाट प्रयास गरौं,’– उनले भनेका छन् ।