एमाले सचिवालय बैठक जारी


काठमाडौं, १ वैशाख । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी छन् ।

बैठकमा पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।