काभ्रे, १ बैशाख । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा नेपालमा राजतन्त्र अब भूत भइसकेकाले यसको भविष्य नभएको बताएका छन् ।
१८ वर्षअघि समाप्त भएको राजसंस्था नेपालमा अब फर्कन नसक्ने उनको ठोकुवा छ । आज (सोमबार) काभ्रेमा प्रेस चौतारीले आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानविशेष पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले राजतन्त्र अब इतिहासको पाना पछाडि नफर्कने बताए । अहिलेको व्यवस्थालाई नै सुधार गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।
प्रतिक्रिया