काठमाडौं, २ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले आजबाट सरकार परिवर्तनको हल्ला अन्त्य भएको दबाी गरेका छन् । उनले नयाँ वर्ष आरम्भसँगै सुरु भएको सरकार परिवर्तनको हल्ला अन्त्य भएको भन्दै अब नीति, कार्यक्रम र बजेटको तयारीको सन्दर्भमा छलफलमा सहभागी बन्न आग्रह गरेका छन् । उनले आज स्वास्थ्य क्षेत्रका मुख्य समस्या र सुधारका विषयहरु पनि बुँदागत रुपमा पेश गरेका छन् ।
फेशुबकमा पोख्रेलले भनेका छन् ‘नयाँ वर्ष आरम्भसँगै सुरु भएको सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौं ।’
बहस श्रृंखला २ स्वास्थ्य क्षेत्रमा
स्वास्थ क्षेत्रका मुख्य समस्याः
१) स्वास्थ पूर्वाधार अभाव तथा जनशक्तिको अभाव र असमान वितरण
२) स्वास्थ विमा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या
३) निरोगी नेपालको अवधारणा कार्यान्वयनमा चुनौती
स्वास्थ क्षेत्रको सुधारका मुख्य विषय
१) योजना अनुरुप पूर्वाधार विकास र सुदृढिकरण
२) स्वास्थ क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण (ग्रामिण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन)
३) स्वास्थ विमाको प्रभावकारी कार्यान्वयन (यसमा सबै अनुदानलाई विमा कार्यक्रमसंग जोडेर विमाको दायराको विस्तार । गरिव र जेष्ठ नागरिकलाई निशुल्क बीमाको सुनिश्चितता)
४) सूचना प्रविधिको प्रयोगद्वारा ग्रामिण क्षेत्रमा टेलिमेडिसिनको विस्तार
५) निरोगी नेपाल निर्माणका लागि स्वास्थ शिक्षा र स्वच्छ आहार विहारको प्रवद्र्धन
यस सन्दर्भमा तपाईंको मौलिक सुझाव भए उल्लेख गर्नुहोस ।
प्रतिक्रिया