तेस्रो जितका लागि आज हङकङसँग खेल्दै नेपाल


काठमाडौं, बैशाख ३ । आज नेपालले हङकङसँग क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । मुलपानी तल्लो क्रिकेट मैदानमा हुने आजको खेल अहिले बिहान ९ बजेवाट सुरू हुनेछ ।

यसअघि ओमानलाइ ९ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो भने पहिलो खेलमा नेपालले युएईलाई डववर्थ लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गरेर पहिलो जित निकालेको थियो । आज नेपाल तेस्रो जीतका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।