काठमाडौं, बैशाख ४ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीले सुरु गरेको जनयात्रा, पार्टीका गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।
त्यस्तै महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुने छ । बैठकको मुख्य एजेण्डा मध्ये रास्वपाले सुरु गरेको जनयात्राबारे ठोस निर्णय लिने रहेको छ ।
गत चैत २३ गतेबाट सुरु भएको रास्वपाको जनयात्रा कार्यक्रमको अघिल्लो रातमा पार्टी सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएपछि जनयात्रा कार्यक्रम अन्यौलमा परेको छ ।




प्रतिक्रिया