काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी, पूर्व पदाधिकारी र मन्त्रीहरुको संयुक्त बैठक सकिएको छ । देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा सरकारको प्रभावकारिताको विषयमा केन्द्रित रहेर छलफल भएको थियो । सरकार सञ्चालनमा कांग्रेस र एमालेबीच अलिक बढि छलफल हुनुपर्ने निश्कर्ष निकालिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढल्नेबारे दिएको अभिव्यक्तिलाई महतले प्रतिपक्षीको धर्म नै भएको भन्दै स्वभाविक रुपमा लिनुपर्ने बताए । तर, प्रचण्डले भन्नेबित्तिकै सरकार ढल्ने वा बन्ने नहुने उनको टिप्पणी छ ।
उनले भने,‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो, प्रचण्डले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’ यद्धपी सरकार सञ्चालनको विषयमा दुवै दलबीच छलफल गरेर महत्वपूर्ण निर्णय लिइनुपर्ने सुनाए ।




प्रतिक्रिया