काठमाडौं, ४ बैशाख । राप्रपाले यही बैशाख ७ गते काठमाडौंका विभिन्न निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । राजसंस्था पूनःस्थापनाको मागसहित सडकमा नयाँ ढंगले उत्रिन लागेको राप्रपाले आज यस्तो निर्णय लिएको हो ।
आज (बिहीबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत राप्रपाले यस्तो निर्णय लिएको हो । यस्तै, बैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गर्ने आजको बैठकल निर्णय लिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाले सामूहिक गिरफ्तारी दिने भनिसकेकोले निषेधित क्षेत्रमा प्रदर्शन लागेको चर्चा भैरहेको छ । चैत्र १५ गते राजावादीहरुको प्रदर्शन र चैत्र २६ गते बल्खुमा राप्रपाको ब्यानरमा भएको प्रदर्शनपछि राजावादीहरुको कार्यक्रम तय भएको थिएन । अहिले राप्रपाले बैठकबाट निर्णय लिएर नै प्रदर्शनमा उत्रिने घोषणा गरेको हो । file photo




प्रतिक्रिया