काठमाडौं, ६ वैशाख । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले शिक्षकहरुलाई सडकमा ल्याउन बाध्य पार्नेहरुलाई अलिकति पनि लाज नलागेको टिप्पणी गरेका छन् । शिक्षकहरुले रामराज्य नै मागेको जस्तोगरी उनीहरुको माग सम्बोधन नगरिएको उनले बताएका छन् । ‘गुरुहरुको आन्दोलनलाई सलाम छ । गुरुहरुलाई सडकमा ल्याउन बाध्य पार्नेहरु हो, ए अलिकति लाजसरम मानन् । गुरुहरुले रामराज्य मागेका छैनन्,’– उनले भनेका छन् ।
साथै, उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरुले आन्दोलनको नाममा रमिता गरेको भनि टिप्पणी गरेकी थिईन् । उक्त टिप्पणीको खण्डन गर्दै उनले भनेका छन्, ‘आफ्नै गुरुहरुको रचनात्मक र सृजनशील आन्दोलनलाई रमिता देख्ने हामी कस्ता शिष्य हौं ।’
यो पनि पढ्नुहोस्ः शिक्षकहरूको रमिता बढी भयो, जिम्मेवार साथीहरुले ऐक्यवद्धता बन्द गर्नुस्ः रामकुमारी झाँक्री




प्रतिक्रिया