काठमाडौं, ९ बैशाख । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीहरुसँग एकता र ध्रुवीकरण सम्भव रहेको बताएका छन् । उनले सबै वामपन्थीहरुलाई गोलबद्ध बनाउन सकिने बताएका हुन् । कम्युनिष्ट स्थापना दिवसको अवसरमा आज आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘कम्युनिष्ट पार्टीहरुसँग जोजोसम्म एकता र धुब्रिकरणको सम्भव छ उनीहरुसँग प्रक्रिया अघि बढाउने र सबै वामपन्थी पार्टीहरुको वामपन्थीकरणको लागि प्रयत्न गर्ने, वामपन्थी पार्टीहरुलाई वामपन्थीकरण गर्न सकिन्छ।’
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता श्रेष्ठले अहिले प्रतिगमनकारीहरुले टाउको उठाइरहेको पनि टिप्पणी गरे । उनले अब गणतन्त्रवादीहरु एक हुनुपर्यो भन्ने आवाज उठेको पनि सुनाए ।





प्रतिक्रिया