काठमाडौं, १० बैशाख । राजनीतिक विश्लेषक डा. अरुण सुवेदीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाले सरकारको नकारात्मक पाटो तिव्र बजारीकरण भैरहेको बेलामा सरकारको पक्षमा सकारात्मक सन्देश प्रवाह नभएको टिप्पणी गरेका छन् । सरकारले अध्यादेश ल्याएर भएपनि शिक्षकहरुको माग पूरा गराउनुपर्ने उनको सुझाव छ ।
आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । शिक्षकहरुको माग सम्बोधन गर्ने सवालमा अध्यादेश ल्याउने प्रक्रियामा कसैको पनि विरोध नहुने उनको विश्वास छ ।
नेपाल धेरै ठूलो कम्फोर्ट जोनमा रहेको भन्दै भारत भ्रमण नगर्दापनि नेपालले भारतसँग धेरै ठूलो लाभ लिनसक्ने सुवेदीको विश्वास छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण नगरेकोले भारतसँगको सबै सम्बन्ध बिग्रियो भन्ने भाष्य नै गलत भएको सुवेदीको टिप्पणी छ । उनले नेपाल–भारत सम्बन्ध अहिले ‘स्टेटस क्वो’ अर्थात यथास्थितिमा रहेको बताए ।




प्रतिक्रिया