जनार्दन शर्माले सुनाए राजावादीहरु हौसिनुको कारण


काठमाडौं, १० बैशाख । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सरकारको गलत रवैयाको कारण देशमा अराजकता मौलाएको टिप्पणी गरेका छन् । उनले ठूला राजनीतिक दल र नेताहरुले तत्काल सुधार गरेर जनाको असन्तुष्टि सम्बोधन गर्न सके अहिलेको निराशा साम्य हुने बताएका छन् ।

गृहजिल्लामा रहेका नेता शर्माले राजावादीहरु हौसिनुमा पनि दलहरु र यसका नेतृत्वकर्ताहरु नै मुख्य दोषी रहेको आरोप लगाए । उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशमा विद्यमान समस्या हल गर्नको लागि पहलकदमी नलिएको आरोप लगाए । शिक्षक आन्दोलनप्रति पनि सरकार गम्भीर नभएको उनको गुनासो छ । नेता शर्माले दलहरु सच्चिएर अघि बढ्नुको विकल्प नभएको टिप्पणी गरेका छन् ।

शर्मा यतिवेला गृहजिल्लामा निर्माणाधिन विकास परियोजनाको पनि अवलोकन भ्रमणमा छन् । उनी जिल्ला जानुअघि अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर गएका हुन् ।