सबभन्दा धेरै गाली खाने नेतामा केपी ओली किन परे ? महेश बस्नेतले सुनाए कारण


काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सबभन्दा धेरै गाली खाने नेतामा पर्नुको कारण खुलाएका छन् । हिजो मुलुकमा सबैभन्दा धेरै पुत्ला जलाईएका नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला रहेको पनि स्मरण गराएका छन् ।

आज ओलीले देशमा सबभन्दा बढि गाली खाएको पनि बस्नेतले उल्लेख गरेका छन् । ओलीले गाली खानुमा विदेशीसँग घुँडा नटेक्नु, जनताको सार्वभौमसत्ताको पक्षमा हुनु, सामाजिक सद्भावको पक्षमा हुनु, राष्ट्रिय एकताको पक्षमा हुनुलगायत सुनाएका छन् ।

बस्नेतले फेशबुकमा लेखेका छन्–

यो मुलुकमा सबैभन्दा धेरै पुत्ला जलाइएका नेता स्व. गिरिजाप्रसाद कोइराला थिए।
किनभने उनी कहिल्यै भिडको भावनामा बहिएनन्।
कहिलेकाहीँ आफ्नै सभामा, आफ्नै विरुद्ध नाराबाजी हुँदा पनि उनी डगमगाएनन्।

आज सबैभन्दा धेरै गाली खाने नेतामा परेका छन् — केपी शर्मा ओली।
किन?

– उनी विदेशीको सामु घोडा नटेक्ने नेता हुन ।
– जनताको सार्वभौम सत्ताको पक्षमा छन्।
– सामाजिक सद्भावको पक्षमा छन्।
– राष्ट्रिय एकताको पक्षमा छन्।
– उनी जनताको सार्वभौम सत्ताको पक्षमा छन्।
– समृद्ध नेपाल सुखी नेपालीको पक्षमा छन्।

उनी कहिले भिडको सेन्टिमेन्ट क्याच गरेर बोलेर लोकप्रिय बन्ने प्रयास गर्दैनन्।
सत्य जे हो, त्यही बोल्छन्। निडर भएर ।

भीडलाई खुसी पार्ने भाषण गरेर । सोसियल मिडियाको ट्रेन अनुसार बोलेर तत्कालका लागि ‘हाई–हाई’ पाउने नेता धेरै जन्मेका छन् अचेल नेपालमा ।

तर दीर्घकालसम्म ‘हाई–हाई’ हुने नेता भने
सत्य बोल्न र देशको हितमा सतिसाल झै उभिन सक्ने पात्र मात्र हुन्छ। त्यो के पी ओली हो !

केपी ओलीसँग तत्काल लोकप्रिय हुन सक्ने “कला” नभएको होइन !

तर उनी क्षणिक फाइदा होइन, दीर्घकालीन प्रभाव हेरेर बोल्छन्, काम गर्छन्।

सत्य संग लडदैनन शक्ति संग झुक्दैनन ।

यही हो ‘क्लास’ — जुन सबैसँग हुँदैन । त्यसैले मनै देखि भनिन्छ ।

के पी बा —आई लभ यू