लोकतन्त्रको विकल्प कुनैपनि प्रकारको अतिवाद हुन सक्दैन : गगन थापा


काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रको विकल्प कुनैपनि प्रकारको अतिवाद हुन नसक्ने बताएका छन् । उनले लोकतन्त्र व्यवस्थाअनुरुप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि बढ्नु स्वभाविक भएको उल्लेख गरेका छन् । तर, लोकतन्त्र शब्दमा नभएर आचरण, सोच र कार्यशैलीमा देखिनुपर्नेमा जोड दिएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै थापाले यस्तो भनेका हुन् । उनले फेशबुकमा लेखेका छन्–

‘लोकतन्त्र व्यवस्थाअनुरुप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वभाविक भएपनि यसको विकल्प कुनैपनि प्रकारको अतिवाद हुन सक्दैन । लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ । समावेशी, उत्तरदायी र समुन्नत लोकतन्त्र निर्माणका लागि आजको दिनले हामी सबैलाई थप प्रतिबद्ध र प्रेरिरत बनाओस ।’ file photo